ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सबैको लघुवित्तको नाफा २ करोडभन्दा बढी

२०७७ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । गत साउनमा सर्वसाधारणलाई आईपीओ विक्री गरेको सबैको लघुवित्त वित्तीय संस्थाले नौ महीनामा रू. २ करोड ४६ लाख ८ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्षको नौ महीनामा उक्त कम्पनीले १२ प्रतिशत बढी नाफा गरेको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १९ लाख ५० हजार खुद नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा १३ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । गत वर्ष रू. ३ करोड ४४ लाख सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. ३ करोड ९० लाख यो नाफा गरेको हो ।

उक्त कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चुक्तापूँजी गत वर्षभन्दा यस वर्ष ६ दशमलव ४७ प्रतिशत बढी भएको छ ।

 आईपीओ र १३ प्रतिशत बोनस मार्फत उक्त कम्पनीले चुक्तापूँजी बढाएको हो । आईपीओ खरीद गरेकै वर्ष सर्वसाधारणलाई समेत उक्त कम्पनीले १३ प्रतिशत बोनस दिएको छ । 
उक्त कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ७५ प्रतिशत बढी रू. ३ करोड ३६ लाख २२ हजार कायम भएको छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत गत वर्षभन्दा ५१ दशमलव ६६ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५३ करोड १२ लाख कर्जा सापटी लिएर उक्त कम्पनीले रू. १ अर्ब १९ करोड २ लाख कर्जा प्रवाह गरेको छ ।

यस वर्ष निक्षेप संकलन रू. ६१ करोड भएको छ । निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ८१ प्रतिशत बढी छ भने कर्जा प्रवाह गत वर्षभन्दा १५ दशमलव ९२ प्रतिशत कम भएको रहेको छ । 

कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्षभन्दा यस वर्ष बढेको छ । उक्त कम्पनीको गत वर्ष यस अवधिसम्म शून्य दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष १ दशमलव ५७ प्रतिशत कर्जा अनुपात पुगेको छ । 

वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ६० रहेको उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव शून्य ३ छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको उक्त कम्पनीले वित्तीय पहुँच अभिवृद्धि गराइ हाल देशका ५४ शाखा कार्यालय मार्फत ३१ जिल्लामा सेवा दिइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्