ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

२०७७ जेठ, ८  
समाचार
NA
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ घर भएका  ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले  एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पूष्टि गरेको हो ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं ।’

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत जेठ १ गते ज्वरो र टाउको दुख्ने समस्या लिएर रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पतालमा पुगेका उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोना भाइरस संक्रमण पूष्टि भएको थियो ।  तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्युको कारणबारे अपरान्हसम्ममा पनि आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४४४  रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्