ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५०%  हकप्रदपछि पनि एनएमबि लघुवित्तको नाफा बढ्यो 

२०७७ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षको ३८ प्रतिशत बढी खुद नाफा गरेको छ ।
 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त कम्पनीले गत वर्ष रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा गरेकोमा यस वर्ष सोहि अवधिसम्म रू. ४ करोड ५९ लाख ७४ हजार खुद नाफा गरेको छ । 

यस वर्ष सञ्चालन नाफा भने गत वर्षभन्दा ७० दशमलव ७२ प्रतिशत कम भएको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३०८ प्रतिशत बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले सञ्चालन नाफा भने घट्न पुगेको हो । 

गत वर्ष रू. ५ करोड ११ लाख सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १ करोड ४९ लाख मात्र यो नाफा गरेको छ । कम्पनीले गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. १ करोड ७० लाख ५१ हजार छुट्याएकोमा यस वर्ष रू. ६ करोड ९७ लाख १९ हजार छुट्याएको छ । जसको प्रत्यक्ष असर कम्पनीको सञ्चालन नाफामा परेको छ । 

खुद नाफा बढ्नमा भने खराब कर्जा संकलनले सहयोग गरेको छ । उक्त कम्पनीको गत वर्ष शून्य रहेको खराब कर्जा संकलन रकम यस वर्ष रू. ५ करोड ६९ लाख ७७ हजार भएको छ ।
 निष्क्रिय कर्जा अनुपात २ दशमलव ४५ प्रतिशतदेखि बढेर ३ दशमलव ४६ प्रतिशत पुगेको छ ।

यसै वर्ष उक्त कम्पनीले १५० प्रतिशत हकप्रद विक्री गरेको थियो । उक्त हकप्रद शेयरपछि कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस प्रस्ताव गरेको उक्त कम्पनीको सो प्रस्ताव भने हालसम्म पारित भएको छैन ।

उक्त कम्पनीको गत चैत २६ गते सातौं वार्षिक साधारण सभामा बोनसको प्रस्ताव पारित गर्ने कार्यक्रम रहे पनि कोरोना संक्रमणका कारण सभा हुन सकेको छैन । हकप्रद पश्चात उक्त कम्पनीको चुक्तापूँजी रू. ४० करोड ५० लाख १६ हजार पुगेको छ ।

कम्पनीको जगेडाकोष रकम गत वर्षभन्दा १०४ प्रतिशत बढी अर्थात् रू. २४ करोड ४८ लाख ३८ हजार कायम भएको छ । यस वर्ष रू. २ अर्ब २८ करोड ६० लाख कर्जा सापटी लिएर रू. ३ अर्ब ५५ करोड ४ लाख कर्जा प्रवाह गरेको उक्त कम्पनीले रू. १ अर्ब ४० करोड २६ लाख निक्षेप संकलन गरेको छ ।

उक्त कम्पनीले  हालसम्म ५४ जिल्लामा १०० ओटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी घरपरिवारमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ९७ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्