ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३१ करोड ५६ लाख

२०७७ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ३१ करोड ५६ लाख नाफा कमाएको छ ।

 गत आवको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३ प्रतिशतले वृद्धि भएको हो । गत आवको सो अवधिमा उक्त कम्पनीले रू. ३० करोड ६० लाख नाफा कमाएको थियो । 

चालू आवको तेस्रो त्रैमास उक्त कम्पनी रू. ४५ करोड ४६ लाख आम्दानी गर्न गर्न सफल भएको छ । यो आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले वृद्धि हो । चुक्तापूँजी रू. ३ अर्ब ८ करोड भएको उक्त कम्पनीले जगेडा कोषमा रू. ७६ करोड २४ लाख छुट्याएको छ । 

चालू आवको तेस्रो त्रैमाससम्ममा  उक्त कम्पनीको जीवन बीमा कोषमा रू. ३१ अर्ब ५२ करोड जम्मा भएको छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा २५ प्रतिशतले वृद्धि  हो । 
सो अवधिमा उक्त कम्पनीको बीमाकोष रू. २५ अर्ब २२ करोड थियो ।

कम्पनीको बीमाशुल्क आर्जन कुल रू. ५ अर्ब ७२ करोड रहेको छ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ६५, मूल्य आम्दानी अनुपात ४० दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ७३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्