ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जगेडाकोष ३९ % ले वृद्धि गरेको एनएलजी इन्स्योरेन्सको नाफा १५ करोड ७३ लाख

२०७७ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौ । एनएलजी इन्स्योरेन्स कम्पनीको चालू आवको तेस्रो त्रैमासमा जगेडाकोष रकम ३९ प्रतिशतले वृद्धि भएको छ । 

उक्त कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १९ करोड ८७ लाख सञ्चित गरेकोमा चालू आवको तेस्रो त्रैमासमा रू. २७ करोड ७० लाख गरेको छ । 

उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १५ करोड ७३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. १५ करोड ३४ लाख नाफा कमाएको छ ।

तेस्रो त्रैमाससम्ममा उक्त कम्पनीले पुनर्बीमा गरेबापत रू. १९ करोड ७७ लाख आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले बीमाशुल्क रू. १ अर्ब ३१ करोड आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा ८ प्रतिशतले वृद्धि भएको हो ।

उक्त कम्पनीले जारी गरेको बीमालेखको संख्या १ लाख ३० हजार ४४६ छ  । त्यस्तै नविकरण गराएको बीमालेखको संख्या २१ हजार ८६२ रहेको छ । उक्त कम्पनीको पूँजी रू. ६४ करोड ४ लाख छ । 

पूँजी वृद्धिका लागि कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको थियो तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्