ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बंगलादेशलाई २५ करोड डलर कर्जा दिंदै एआईआईबी

२०७७ जेठ, ८  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ८, पेचिङ (चीन) । चिनियाँ समर्थित एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशलाई २५ करोड डलर कर्जा दिने भएको छ ।

 कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा सघाउन बैंकले बिहीवार सो रकम बराबरको कर्जा पारित गरेको हो । यो रकम सबैभन्दा दयनीय अवस्थामा रहेकाहरुको मद्दतका लागि प्रयोग गरिनेछ । 

यसले सामाजिक सुरक्षा सञ्जाल बलियो बनाउनुको साथै साना तथा मझौला आकारका कम्पनी एवम् अनौपचारिक अर्थतन्त्रमा रोजागरी कटौतीको प्रभाव कम गर्न भनेर सो कर्जा दिइएको हो । 
बंगलादेशको जनघनत्व विश्वमै सबैभन्दा उच्च भएकोले कोभिड–१९ को चपेटामा यो धेरै भएको विज्ञप्तिमा भनिएको छ । यो सरकारी र निजी क्षेत्रका कम्पनीहरुलाई महामारीसँग जुध्न मद्दत गर्न एआईआईबीले दिने भनेको १० अर्ब डलर कर्जाको हिस्सा हो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्