ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२ घन्टामै भाइरस पत्ता लगाउने परीक्षण किटको विकास गर्दै अर्जेन्टिना

२०७७ जेठ, ८  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ८, ब्यूनर्स आयर्स (अर्जेन्टिना) । अर्जेन्टिनाले छिटो र सस्तो खालको कोरोना भाइरस परीक्षणको विकास गर्दैछ । त्यहाँको वैज्ञानिकहरुले नियोकिट–कोभिड–१९ नामक परीक्षण किटको विकास गर्दैछन् । यसबाट २ घन्टा भन्दा कम समयमै भाइरस पत्ता लाग्ने विकासकर्ताहरुले बताएका छन् । 

‘यो सरल, सस्तो र सजिलै उपलब्ध हुने प्रविधि हो,’ पाब्लो कासारा फाउन्डेशनमा महामारीविज्ञ रहेका सान्टागो वेर्बाजले भने । किटको लागत अति नै कम करीब ८ डलर जति हुन आउने र परीक्षण गर्न लाग्ने समय र तरिकाका कारण पनि यो सरल भएको उनको भनाइ छ । यसलाई बहिरंगको आधारमा धेरै जनामा परीक्षण गर्न सकिने उनले बताएका छन् । 

अहिलेसम्म अर्जेन्टिनामा १ लाख ८ हजार ६३४ जनामा कोभिड–१९ परीक्षण भएको छ । ८ हजार ३७१ जनामा संक्रमण पाइएको छ भने यसमध्ये ३८४ जनाको मृत्यु भइसकेको छ । 

आफूहरुले छिमेकी देश मात्रै नभएर अन्य देशहरुलाई समेत सघाउन खोजेको अर्जेन्टिनाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री रोबर्टो साल्भारेज्जाले बताए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्