ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ढोरपाटनमा स्याउखेती परीक्षण गर्न विरुवा वितरण

२०७७ जेठ, ९  
बजार
NA
author avatar अभियान संवाददाता

पर्वत । बागलुङको ढोरपाटनमा परीक्षणको रूपमा नयाँ जातको स्याउका बिरुवा रोप्न थालिएको छ । स्याउ ब्लकमा समेटिएको ढोरपाटनको माथिल्लो खर्कमा किसानहरूलाई विभिन्न जातका २०० ओटा विरुवा उपलब्ध गराईएको छ । कृषि ज्ञान केन्द्र पर्वतले परीक्षणका लागि गोल्डेन, रोयल डेलिसियस, जोना प्रिन्स, फुजी र डाला जातका बिरुवा वितरण गरेको छ ।

स्थानीय जातको स्याउ रोप्दै आएका किसानहरूलाई चर्चित जातका बिरुवा उपलब्ध गराईएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । ‘केही वर्षदेखि यहाँ स्याउ खेती हुँदै आएको छ’, रेग्मीले भने, ‘नयाँ जात परीक्षण गर्न चर्चित जातका विरुवा वितरण गरेका हौँ ।’

रेग्मीका अनुसार गण्डकी प्रदेश सरकारको हाइटेन्सीटी प्लान्टिङ कार्यक्रमअन्तर्गत ढोरपाटनमा पहिलोपटक नयाँ जातको स्याउको परीक्षण खेती हुन लागेको हो । ति स्याउका बिरुवा एग्रो मनाङ प्रालिले उपलब्ध गराएको हो । कृषि ज्ञान केन्द्रमार्फत वितरण भएका सबै बिरुवाको मूल्य रू. २ लाख २० हजार छ । रेग्मीका अनुसार यि विरुवा जापान, इटली र अष्ट्रेलियाबाट ल्याईएका हुन् ।

ढोरपाटन स्याउ ब्लक सञ्चालक समितिका संयोजक जुमबहादुर बुढाथोकीले विरुवा ढुवानी गरेर गाउँसम्म पु¥याएका छन् । ढोरपाटनमा १०० हेक्टर क्षेत्र समेटेर स्याउ ब्लक सञ्चालन गरिएको छ । ढोरपाटनमा किसानहरूले केही वर्षदेखि व्यवसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । कृषक बुढाथोकीलगायत ९० परिवारले स्थानीय जातको स्याउ खेती गर्दै आएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्