ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खतिवडाले समितिको प्रारम्भिक प्रतिवेदनमात्र तयार पार्ने

२०७७ जेठ, ९  
१० वर्ष अघि
NA

अर्थतन्त्रमा देखिएको संकट समाधानका उपाय खोजी गर्ने उद्देश्यले गठित उच्च स्तरीय समितिले यसै साता प्रारम्भिक प्रतिवेदज तयार गर्ने भएको छ । प्रतिवेदनमा अहिले देखिएका तरलतालगायतका समस्याहरूको कारणको बारेमा बुँदागत रूपमा उल्लेख गरिने बताइएको छ । सरकारले केही समय अगाडि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको अध्यक्षतामा उक्त समिति गठन  गरेको थियो । असार मसान्तसम्मको समयावधि दिइएको सो समितिले अर्थतन्त्रका विभिन्न क्षेत्रको अनुगमन गरिरहेको जानकारी खतिवडाले दिए । ‘प्रतिवेदन तयार गर्नुभन्दा अर्थतन्त्रको अवस्थाको बारेमा अनुगमन गर्न हामीले अफ्नो ध्यान केन्द्रित गरेका छौं । त्यही पनि अहिलेसम्मको अनुगमनको निष्कर्षलाई प्रारम्भिक प्रतिवेदनमा समेटिनेछ,’ डा. खतिवडाले अभियानसँग भने ।  

वर्ष ५, अंक २२, २०६६, माघ १८–२४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्