ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विद्युतीय कारोबारका लागि अवसर

२०७७ जेठ, ९  
पाठक विचार
NA

लकडाउनका कारण बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्न गाह्रो भएपछि अहिले विद्युतीय कारोबार निकै बढेको छ । यो बढ्नुमा कारोबार निःशुल्क गर्नु हो । यसलाई सधैं निःशुल्क गर्ने हो भने नगदरहित कारोबारका लागि यो ठूलो अवसर हो । तर, भुक्तानी पेमेन्ट गेटवे सरकारी नभएकाले यस्तो छूट लामो समय हुँदैन । छूट नपाए पछि मानिसहरूले यसको प्रयोग पनि घटाउन थाल्छन् । सेल्सबेरीमा फोनपेबाट भुक्तानी गर्दा ५ प्रतिशत छूट दिँदा त्यहाँ खरीद गर्नेको संख्या ठूलै थियो । अहिले त्यो सुविधा हटाए पनि भीडभाड घटेको देखिएको छ । यस्तै अवस्था अहिलेको अनलाइन भुक्तानीको पनि हुनेछ ।

नेपाल बैंकर्स संघले नगद (नोट) मा आधारित वित्तीय कारोबार घटाउन ‘कोरोना कर’ लगाउन सुझाव दिएको समाचार आएको छ । निश्चित रकमभन्दा बढी नगदको कारोबार गर्नेहरूलाई कोरोना कर लगाउन सुझाएको हो । डिजिटल कारोबारमा कर नलाग्ने र नगदमा लाग्ने भएपछि बिस्तारै मान्छेहरू डिजिटलतिर जान्छन् भन्ने सोचले यसो भनिए पनि त्यो व्यावहारिक हुँदैन । देशको मुद्राको कारोबारमा कर लगाउने कुरा गलत हो । निःशुल्क मात्रै गरिदिए पुग्छ । बरु सरकारले आप्mनै पेमन्ट गेटवे तत्काल बनाउन सक्दैन भने निजी गेटवेलाई आर्थिक सहयोग गरेर भए पनि निःशुल्क सेवा दिइरहनुपर्छ । नगदमा आधारित कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था गर्दा राष्ट्र बैंकको नोट छाप्न र त्यसको व्यवस्थापन गर्न लाग्ने खर्च पनि घट्छ । त्यो बचत हुने रकम निजी गेटवेलाई दिन सकिन्छ । राष्ट्र बैंक आफैले पनि दु्रुतमार्गबाट पेमेन्ट गेटवे राख्न सक्छ अथवा निजी कम्पनीको गेटवे किनेर त्यसलाई नै मोडिफाइ गर्न पनि सम्भव हुन सक्छ । जेहोस्, अहिलेको समय नगद कारोबार घटाउने र विद्युतीय कारोबार बढाउने उपयुक्त अवसर हो । नियामक निकायले उपयुक्त विकल्प अपनाएर निःशुल्क कारोबारलाई निरन्तरता दिनुपर्छ र आफ्नै पेमेन्ट गेटवे बनाउनतिर लाग्नुपर्छ ।

हरीश आचार्य
लाजिम्पाट, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्