ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाविरुद्धको लडाइँमा चुक्दै सरकार

२०७७ जेठ, ९  
पाठक विचार
NA

लकडाउनपछि संक्रमण फैलन नदिन युद्धस्तरमा काम होला भन्ने धेरैको अपेक्षा थियो । नेपाल यस्तो महामारीसँग लड्न कत्ति पनि तयार थिएन । त्यसो हुँदा लकडाउनबाट संक्रमण फैलन नदिने र त्यस अवधिमा यसविरुद्ध लड्न आवश्यक तयारी गर्नुपर्ने थियो । यही अपेक्षामा जनताले लकडाउनको निर्णयलाई सकारात्मक मानेका थिए । तर, कोरोना संक्रमण नेपालसम्मै आइपुग्दा पनि सरकारले तयारी गर्नुको सट्टा समय खेर फालिसकेको छ । अहिले एकपछि अर्काे संक्रमित देखिँदै छन् र मृत्यु हुनेका संख्या पनि थपिँदै छ । नेपालले पर्याप्त समय पाउँदा पनि काम गर्न सकेन । तीनै तहका सरकारलाई केन्द्रले राम्रो ढंगले परिचालन गर्न सकेन । तर, केन्द्रले आफू पनि काम गरेन, स्थानीय सरकारलाई पनि सहयोग गरेन । महामारी पैmलिनेबित्तिकै अस्पतालहरूलाई पूर्ण रूपमा काम गर्न सक्ने वातावरण बनाउनुपथ्र्याे । आवश्यक सामान पठाउन सक्नुपथ्र्यो । तर, सरकारले सहकार्य र समन्वयमा समेत जोड दिन सकेन । खुरूखरू निर्णय गर्ने तर त्यसको कार्यान्वयन पक्षको जटिलता नहेर्दा अहिले समस्या भयावह बन्दै छ । सरकारको काम गराइले हेर्दा अघिअघि कोरोना र सरकार पछिपछि हिडिँरहेको जस्तो अनुभव हुन्छ ।

लकडाउन गरेर सरकारले कोरोना रोकथामको राम्रो प्रयास गरेको भन्दै प्रशंसा पनि भयो । तर, लकडाउनबाहेक अरू काम भने गर्न सकेन, खोजेन । कोरोनाको संक्रमण कतिजनामा देखियो भन्नेबाहेक सरकारले अन्य सूचना दिन सकेको छैन । नेपाललाई आवश्यक पर्ने औषधिजन्य सामग्री कति थियो र अहिले कति आवश्यक छ, केही सार्वजनिक गरेको छैन । यी सबै काम हेर्दा सरकार निकै चुकेको छ । यसको अर्थ केही पनि गरेको छैन भन्ने होइन, तर लकडाउनका बेलामा पर्याप्त तयारी नगर्दा अहिले कोरोना संक्रमितले उपचारसमेत नपाई मर्नुपर्ने अवस्था आएको छ ।

नवीन अधिकारी
हात्तीगौंडा, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्