ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

२०७७ जेठ, ९  
समाचार
Image Not Found

जेठ ९, काठमाडौं । शुक्रवार थप ३० जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो ।

नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्