ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सागसब्जी बारीमा कुहिन थालेपछि नि : शुल्क ढुवानी गर्दै कृषि ज्ञान केन्द्र

२०७७ जेठ, ९  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar मोेहन चन्द

जेठ ९, बैतडी  । कृषि ज्ञान केन्द्र बैतडीले  लकडाउनको कारणले कृषकले फलाएको सागसब्जी बारीमै कुहिन लागेपछि नि : शुल्क ढुवानी गरी बजारसम्म पुर्‍याउन शुरु गरेको छ ।

कृषकले उत्पादन गरेको बजारमा खपत नभइ बारीमै कुहिन थालेकाले बजारसम्म नि : शुल्क ढुवानी गरेर तरकारी विक्रीवितरणमा सहयोग  गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्ण वहादुर चन्दले वताए । 

‘संकलन गरेर राख्न नमिल्ने तरकारी खेर नजाओस् भनेर यो व्यवस्था गरेका हौं’ उनले भने ।

केन्द्रले आफ्नो सवारी साधनलाई केहि दिनयता कृषकको तरकारी ढुवानीमा प्रयोग गरेको छ । केहिदिन पहिले आएको असिना पानीले कृषकको तरकारीमा क्षति गरेको भए पनि बाँकी रहेको तरकारी लकडाउनका कारण बजारसम्म ढुवानी हुन सकेको थिएन ।

केन्द्रको सवारीले एक पटकमा आठ क्विन्टलसम्म तरकारी ढुवानी गर्न सक्छ । बारीबाट बजारसम्म तरकारी नि : शुल्क ढुवानी गरिदिएपछि समय र रकमको वचत भएको डिलासैनी गाउँपालिकाका कृषक प्रकास भट्टले वताए ।

 ‘लकडाउनले स्थानीय बजारमा पनि खपत घटेको छ, बारीमा तरकारी प्रशस्त फलेकाले कुहिन लागेको थियो कार्यालयले धेरै राम्रो काम गरिदियो’, उनले भने । कृषकले यो सेवा लिनकोलागि व्यापारीसँग कुरा गरेर माग अनुसारको तरकारी पठाउनको लागि कृषि ज्ञान केन्द्रलाई खबर गर्नु पर्दछ ।

 कृषकको अनुरोध अनुसार केन्द्रले त्यहाँ सवारी पठाएर सम्वन्धित व्यापारीसम्म सागसब्जी पुर्‍याइदिने गरेको छ । 

जिल्लाका सबै किसानलाई यो सुविधा उपलव्ध गराएको केन्द्रले वताएको छ । जिल्लामा खपत भएर बाँकी रहेको सरदर वार्षिक पाँच मेट्रिक टन तरकारी बाहिर विक्री हुने गर्दछ । चालू आर्थिक वर्षमा यो भन्दा पनि बढन् सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्