ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्राइम लाइफले ९ महीनामा कमायो १८ करोडभन्दा बढी नाफा 

२०७७ जेठ, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रू. १८ करोड ३० लाख खुद नाफा गरेको छ । 

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १६ करोड ३९ लाख थियो । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीको नाफा ११ दशमलव ६५ प्रतिशत बढी भएको हो । गत वर्षभन्दा यस वर्ष उक्त कम्पनीले करीब १६ प्रतिशत बढी आम्दानी गरेको छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म उक्त कम्पनीले रू. २६ करोड ४६ लाख आम्दानी गरेकोमा यस वर्ष रू. ३० करोड ६५ लाख गरेको छ । यस वर्ष कम्पनीले रू. २ अर्ब २६ करोड ६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्ष सोहि अवधिसम्म रू. १ अर्ब ९४ करोड २६ लाख थियो ।

गत वर्षभन्दा यस वर्ष १६ दशमलव ३७ प्रतिशत बढी बीमाशुल्क आर्जन भएको उक्त कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।हाल कम्पनीमा ३ लाख ३४ हजार ६२४ बीमालेख कायम रहेको छ । हालसम्म उक्त कम्पनीले १६ लाख ९९ हजार ६८३ बीमालेख जारी गरेको छ ।
 

गत वर्ष रू. ३४ करोड ८६ लाख कुल दाबी भुक्तानी गरेको उक्त कम्पनीलपे यस वर्ष रू. ५० करोड ३६ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । 

आर्थिक वर्ष २०७४/ ७५ को लागि १२ दशमलव ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको उक्त कम्पनीको चुक्तापूँजी हाल रू. २ अर्ब ७९ लाख ३९ हजार रहेको छ । आर्थिक वर्ष २०७३÷७४ को सञ्चित मुनाफाबाट पनि उक्त कम्पनीले १२ दशमलव ५ प्रतिशत बोनस दिएको थियो । 

कम्पनीको जगेडाकोष रकम भने गत वर्षभन्दा यस वर्ष ५ दशमलव ११ प्रतिशत कम रू. १ अर्ब ५ करोड ४१ लाख कायम छ । यो रकम गत वर्ष तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ११ करोड ९ लाख थियो । जीवन बीमाकोष रकम गत वर्षको तुलनामा ३० दशमलव ८४ प्रतिशत वृद्धि देखिएको छ । 

गत वर्ष यस अवधिसम्म रू. ८ अर्ब १४ करोड ७६ लाख रहेको जीवन बीमाकोष रकम यस वर्ष रू. १० अर्ब ६६ करोड ६ लाख पुगेको छ । उक्त कम्पनीले गत वर्ष दिर्घकालिन लगानी तथा कर्जा रू. ७ अर्ब ९३ करोड ९८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको थियो भने यस वर्ष रू. ९ अर्ब ४९ करोड ९७ लाखभन्दा बढी यो कर्जा प्रदान गरेको छ । 

बीमालेख धितोमासमेत कर्जा प्रवाह गर्दै आएको उक्त कम्पनीले यस वर्ष रू. १ अर्ब १७ करोड ५१ लाखभन्दा बढी यो कर्जा प्रवाह गरेको छ । कम्पनीले गत वर्ष बीमालेख धितोमा रू. ७९ करोड २३ लाख भन्दा बढी कर्जा प्रवाह गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव शून्य ६ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्