ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो त्रैमाससम्ममा साञ्जेन जलविद्युत कम्पनी १ करोड ५ लाख घाटामा 

२०७७ जेठ, ९  
लगानी
Image Not Found

जेठ ९, काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा साञ्जेन जलविद्युत कम्पनी रू. १ करोड ५ लाख घाटामा रहेको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले रू. ६८ लाख घाटामा थियो ।

गत आवको तेस्रो त्रैमासभन्दा चालू आवको तेस्रो त्रैमासमा कम्पनीको घाटा रू. ३७ लाख बढेको हो । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २८ करोड छ । जगेडा कोष पनि रू. ९ करोड ५४ लाख ऋणात्मक रहेको छ । 

साञ्जेन माथिल्लो आयोजनालाई आगामी आव २०७७/७८ भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा कोभिड १९ को महामारीले गर्दा आवश्यक मेसिन उपकरण र जनशक्ति आयोजना स्थलमा ल्याउन नसकिएकाले आयोजना सम्पन्न ढिलो हुने भएको छ । यस आयोजना ४२ दशमलव ५ मेगावाट क्षमताको रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्