ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राधी विद्युत् कम्पनीको नाफामा २१ प्रतिशत वृद्धि

२०७७ जेठ, ९  
लगानी
Image Not Found

जेठ ९, काठमाडमौं । चालू आवको तेस्रो त्रैमासमा राधी विद्युत् कम्पनीको नाफा २१ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले सो अवधिमा रू. ५ करोड ७४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासमा रू. ४ करोड ७२ लाख थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १२ करोड १६ लाख आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । 

यो आम्दानी गत आवको यसै अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ११ करोड ४५ लाख आम्दानी गरेको थियो । कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख छ । 

यस वर्ष कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिएको हो । प्रतिशेयर आम्दानी गत आवको तेस्रो त्रैमासमा रू. १३ दशमलव ९६ रहेकोमा चालू आवको तेस्रो त्रैमासमा वृद्धि भएर रू. १६ दशमलव १७ पुगेको छ । 

त्यसैगरी तरलता अनुपात १ दशमलव २१, मूल्य आम्दानी अनुपामत रू. १० दशमलव ८२, र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ३४ छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा बारम्बार आइराख्ने समस्याका कारण प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेको कम्पनीले प्रकाशित वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्