ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

२०७७ जेठ, ९  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ९, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख १८ हजार ४४७  पुगेको छ । 

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्