ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर प्रदान 

२०७७ जेठ, ९  
बजार
Image Not Found

जेठ ९, काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर सहयोग स्वरूप प्रदान गरेको छ । 

बैंकले रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच सेनिटाईजर हस्तान्तरण गरेको हो । 

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर प्रहरीका वरिष्ट सुपर इन्टेंडेंट (एसएसपी) भीम प्रसाद ढकाललाई सेनिटाईजर हस्तान्तरण गरेका हुन् ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्