ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनकपुर र राजविराजका लागि प्रदेश सरकारले ल्यायो नयाँ पीसीआर मेशिन 

२०७७ जेठ, ९  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ९, जनकपुरधाम । कोरोना माहामारी रोकथाम, नियन्त्रणका लागि प्रदेश सरकारले वाचा गरे अनुरूप जनकपुर र राजविराजका लागि दुईओटा पीसीआर मेशिन खरीद गरेर ल्याएको छ । मन्त्रिपरिषद्ले जनकपुर, वीरगञ्ज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरे अनुरूप जनकपुर र राजविराजका लागि आरटी पीसीआर मेशिन खरिद गरेर ल्याएको हो । जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर मेशिन सञ्चालनमा ल्याइनेछ भने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याब सञ्चालन गरिने भएको छ । 

दुवै ठाउँका लागि मेशिन ल्याई जडानको काम समेत शुरू भइसकेको छ । अगामी सोमवारदेखि दुवै आरटी पीसीआर सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जानकारी दिए । उक्त मेनिशको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पीसीआर मेशिन जडान भई यसअघि नै सञ्चालनमा आइसकेको छ । 

त्यसैगरी प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरीदका लागि ५० लाख र वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा पनि गरेको छ । 

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुनेगरी राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी वीरगञ्जमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ क्वारेन्टाइन समेत नेपाली सेनाले नै सञ्चालन गर्नेगरी आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ मार्गदर्शनका लागि अभिमुखी सञ्चालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्