ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलर सहुलियत ऋण

२०७७ जेठ, ९  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ९, टोकियो । जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो ।     
     
बैंक अफ जापानले यसअघि पनि साना तथा मझौला उद्योग व्यवसायका लागि सहुलियत दरमा ठूलो परिमाणको ऋण व्यवस्था गरेको थियो ।     
     
कोरोना भाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्नु अघि नै जापानी अर्थव्यवस्था प्राकृतिक प्रकोप र उपभोग्य वस्तुमा बढाइएको करबाट निकै ठूलो संकटमा थियो ।     
     
सोमवार प्रकाशित आर्थिक विवरणमा सन् २०१५ को पहिलो चौमासिक अवधिमै जापानको अर्थतन्त्र मन्दीमा रहेको देखिएको छ । जापानी अर्थशास्त्रीहरुले जापानको अर्थव्यवस्थामा अझै ठूलो संकट आउने अनुमान गरेका छन् ।     
     
गत महीना जापानको केन्द्रीय बैंकले अर्थतन्त्रलाई गतिशील तुल्याउन तथा कोरोना भाइरसका कारण  सृजित समस्या सुल्झाउन नयाँ मौद्रिक नीति अघि सारेको थियो ।    रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्