ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ९ , काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पूष्टि भएको छ । 

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार शुक्रवार बाँके जिल्लामा १४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।
 

उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुर गाउँपालिकाको रहेको मन्त्रालयले बताएको छ ।

डडेलधुरा जिल्लाको पराशुराम –१० का २८ वर्षीय पुरुष र जिल्लाको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको हो ।

त्यसैगरी कैलाली जिल्लाका तीन जनामा संक्रमण पूष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पूष्टि भएको हो ।

यस्तै मोरङ जिल्लाको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पूष्टि भएको छ ।यससँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्