ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थुनुवामा कोरोना संक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय नै सिल

२०७७ जेठ, ९  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ९, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीमा २२ दिन अघिदेखि कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका एक पुरुषमा कोरोना संक्रमण पूष्टि भएको छ ।

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयलाई सिल गरिएको प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले वताए ।

‘थुनामा रहेको ति व्यक्तिको स्वाब संकलन गरी धनगढी पठाएका थियौं, शुक्रवार रिपोर्ट पोजिटिभ आएको छ’, उनले भने’ । ती थुनुवा शिवनाथ गाउँपालिकाका हुन् । संक्रमित ती थुनुवा चैत ६ गते भारतबाट नेपाल आएका थिए ।

कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको र धेरै जोखिम भएका र कम जोखिम भएका छुट्टाएर परीक्षण गरि संक्रमितको सम्पर्कमा आएकालाई आईसोलेशनमा राखिने जिल्ला प्रहरी कार्यालय बैतडीले वताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्