ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप २१ जना कोरोना संक्रमित निको भए, घर फर्किनेको संख्या ७० पुग्यो 

२०७७ जेठ, ९  
समाचार
Image Not Found

जेठ ९, काठमााडौं । कोरोना भाइरस संक्रमण भएका थप २१ जना शुक्रवार निको भई घर फर्किएका छन् । शुक्रवार निको हुने सबै संक्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइ राखेका थिए । 

निको हुनेमा महिला नौ र पुरुष १२ रहेका छन् । योसँगै निको हुनेको संख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उनीहरु शुक्रवार घर गएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

त्यसैगरी स्वास्थ्य मन्त्रालयले पछिल्लो समय २० जनामा कोभिड–१९ बाट संक्रमण भएको पूष्टि भएको छ । अहिलेसम्ममा नेपालमा संक्रमितको संख्या ५०७ पुगेको मन्त्रालयले पूष्टि गरेको छ । 

त्यसैगरी हालसम्म यो भाइरस संक्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या तीन पुगेको छ । सरकारले हालसम्म पीसीआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडीटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्