ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पाकिस्तानको विमान दुर्घटनामा परेका सवै १०७ जनाको मृत्यु (अपडेट)

२०७७ जेठ, ९  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ९, कराँची । पाकिस्तानमा शुक्रवार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पूष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो ।

मेयर वासिम अख्तरले विमान खसेकाले कम्तीमा ५/ ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिए । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तरराष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए ।

विमान जिन्ना अन्तरराष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरीब समुदायका मानिसहरु बस्ने गर्दथे ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।

घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो । रासस/एपी

यो पनि हेर्नुस्

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको जहाज कराँचीमा दुर्घटना

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्