ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

२०७७ जेठ, ९  
समाचार
Image Not Found

जेठ ९, काठमाडौं । शुक्रवार थप ९ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, भक्तपुर, सप्तरी र बारामा गरी थप ९ जनामा कोरोना संक्रमण भएको पूष्टि भएको हो ।

राष्ट्रिय जनसंख्या प्रयोगशाला, काठमाडौं, बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौँडामा गरिएको परीक्षण अनुसार संक्रमित हुनेहरुमा वारा सिम्रौनगढ नगरपालिका वडा नम्बर-७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर-२ का २५ वर्षका पुरुष, मकवानपुर हेटौँडा-३ का ५४ वर्षिया महिला, भक्तपुर -९ की ४२ वर्षिया महिला र सप्तरी बलान-बिहुल गाउँपालिकाका ३५ वर्षिय पुरुष रहेका छन् ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्