ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

२०७७ जेठ, १०  
समाचार
Image Not Found

जेठ १०, काठमाडौं । शनिवार बिहान थप ३२ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवनमा गरी थप ३२ जनामा कोरोना संक्रमण भएको पूष्टि भएको हो ।

राष्ट्रिय जनसंख्या प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार संक्रमित हुनेहरुमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षिया पुरुष र २७ वर्षिया महिला, सर्लाही गोडौता कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षिया पुरुष, बारा करैयामाइ गाउँपालिकाका ३७ वर्षिया महिला र काठमाडौंका ३५ वर्षिया पुरुष रहेका छन् ।  

त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्षिया पुरुष र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार चितवना, भरतपुर-६ का ५२ वर्षिया पुरुष रहेका  छन् । 

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 
 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्