ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना पोजेटिभ दम्पत्तीका छोरा पनि संक्रमित

२०७७ जेठ, १०  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०,  चितवन । चितवन जिल्लामा शनिवार एक जना नयांँ कोरोना संक्रमित थपिएका छन् । उनी बिहीवार कोरोना पोजेटिभ देखिएका दम्पतीका छोरा भएको खुलेको छ । शनिवार कोरोना पूष्टि भएका ५२ वर्षीय छोरा संक्रमित दम्पतीसँग भारत गएका थिए ।

बिहीवार परीक्षण गर्दा छोराको रिपोर्ट नेगेटिभ आए पनि शंकास्पद भएकोले पुनःपरीक्षण गर्दा पोजेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए । 
‘रिपोर्ट शंकास्पद आएपछि आईसोलेशनमा राखेर पुनःपरीक्षण गयौं’, उनले भने, ‘पुनः परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’ उनको अवस्था सामान्य रहेको उनले बताए ।

 उनी भरतपुर कोरोना बिशेष अस्पतालमा उपचारार्थ छन् । उनी शुक्रवार कोरोना पूष्टि भएका दम्पतीसँगै जेठ ३ गते भारतको दिल्लीबाट घर फर्किएका थिए । भरतपुर– ६ केसरबाघका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना पूष्टि भएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्