ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौबिसे गाउँपालिकामा पाँच दिन थपियो सिल 

२०७७ जेठ, १०  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, धनकुटा । यस जिल्लाको चौबिसे गाउँपालिकामा पुन : ५ दिनको लागि सिल गरिएको छ । 

धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि गत जेठ ५ गतेदखि ९ गतेसम्म गरिएको सिललाई बढाएर जेठ १४ गतेसम्म पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । 

धनकुटा सदरमुकाममा देखिएपछि गाउँपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले संक्रमणबाट रोक्नको लागि गाउँपालिकालाई सिल गरिएको हो । 

कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समितिको बैठकले गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ १४ गतेसम्मलाई बन्द गरिएको अध्यक्ष राईले बताए ।

यसअघि धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको भएपनि शुक्रवारबाट खोलिएको छ । 

धनकुटामा हालसम्म ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरको कोभिड– १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्