ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन ओटा लघुवित्त कम्पनी मर्जरमा जाँदै

जेठ २५ गते विशेष साधारण सभा 

२०७७ जेठ, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  हालसम्म सूचीकृत नभएका तीन ओटा लघुवित्त कम्पनीहरु मर्जरमा जाने भएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थासँगै सल्भ लघुवित्त वित्तीय संस्था र गरीबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका हुन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाम रहने गरी यी तीन कम्पनी एक आपसमा गाभिन लागेका हुन् ।
 

मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले जेठ २५ गते विशेष सधारण सभा बोलाएको छ । कम्पनीले शनिवार विशेष साधारण सभाका लागि सूचना प्रकाशित गर्दै जानकारी गराएको हो ।

मर्जर सम्बन्धि प्रस्तावहरु पारित गर्न कम्पनीले मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा विहान १० : ३० बजे सभा बोलाएको हो ।

जीवन विकास लघुवित्त रू. १४ करोड चुक्तापूँजी रहेको कम्पनी हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उक्त कम्पनीले रू. २७ करोड २५ लाख ३२ हजार खुद नाफा गरेको छ । 
 

प्रतिक्रिया [1]
User Image

Deepak Dhital

[May 23, 2020 11:33am]

Yo marger wala news hawa 6


प्रतिक्रिया दिनुहोस्