ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अम्फान चक्रवातका कारण बदलीसँगै वर्षाको सम्भावना        

२०७७ जेठ, १०  
समाचार
Image Not Found

जेठ १०, काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।     
     
 बंगलादेशको आसपासमा अवस्थित अम्फान चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
     
 पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।
     
 मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्