ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बारा–पर्सा कोरिडोरका औषधी उद्योगद्वारा निषेधाज्ञा अवज्ञा 

२०७७ जेठ, १०  
प्रदेश ०२
Image Not Found
सांकेतिक चित्र
author avatar अभियान संवाददाता

जेठ १०, वीरगञ्ज  । जिल्ला प्रशासन कार्यालय बाराले लगाएको निषेधाज्ञा उल्लंघन गर्दै बारा–पर्सा औद्योगिक कोरिडोरका औषधी उद्योगले कामदार ओसारेको पाइएको छ । 

पर्सा र रौतहट जिल्लामा कोरोनाका संक्रमति बढेपछि बारा प्रशासनले ती जिल्लाबाट कामदार ल्याएर उद्योग चलाउन नपाइने आदेश जारी गरेकोमा उद्योगहरूले त्यस्तो आदेश अवज्ञा गरेका हुन् । 

बारामा सञ्चालित केही औषधी उद्योगहरूले पर्साको वीरगञ्जबाट गाडीमा कामदार लैजाने ल्याउने गरेका छन् । कोरिडोरमा १६ ओटा औषधी उद्योग छन् । 
बारा प्रशासनले गत जेठ ५ गते निषेधाज्ञा जारी गरेर जेठ २० सम्म उद्योग चलाउन छिमेकी जिल्लाबाट कामदार ल्याउन रोक लगाएको थियो । प्रशासनले उद्योगहरूलाई स्थानीय कामदारबाट उत्पादन सुचारु राख्न भनेको छ । 

पर्सा र रौतहटमा कोरोनाका बिरामी बढेकाले ती जिल्लाबाट कामदार ल्याउँदा बारामा कोरोना फैलिन सक्ने भन्दै प्रशासनले कार्यालय प्रयोजनका लागि समेत ती जिल्लाबाट आवागमन रोकेको छ । बाराका सबै उद्योग प्रतिष्ठानलाई स्थानीय कामदारलाई कारखानाभित्रै आवासीय प्रबन्ध मिलाएर उत्पादन अघि बढाउन भनिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 

केही उद्योगले निषेधाज्ञा उल्लंघन गरेर वीरगञ्जबाट कामदार ओसारेको थाहा पाएपछि नियन्त्रणका लागि पर्सा प्रशसानसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

 बाराबाट कुनै पनि उद्योगलाई कामदार ओसार्ने अनुमति नदिइएको उनले स्पष्ट पारे । वीरगञ्जबाट कामदार लिएर आउजाउ गर्ने गाडीलाई बारा जिल्लाअन्तर्गत पर्ने सडकखण्डमा खटिएका प्रहरीले समेत छूट दिएका छन् । चेकजाँचमा कडाइ गरी उल्लंघन गर्नेलाई कारवाही गरिने पण्डितले बताए । 

प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ अनुसार रू. ५०० सम्म जरीवाना वा एक महीना कैद वा दुवै सजाय हुने व्यवस्था छ । संक्रामक रोग ऐन २०२० मा यस्तो आदेश नमान्नेलाई रू.१०० जरीवाना वा १ महीना कैद वा दुवै सजाय हुने उल्लेख छ । 

प्रतिक्रिया [2]
User Image

रमेश सत्याल

[May 23, 2020 01:51pm]

चिन्तन भनेको विचार हो। समाचार भनेको घटना हो। समाचार विचारबाट प्रभावित हुनुहुदैन। विचार र समाचार फरक विषय हुन् ।


User Image

Ashok kumar sah

[May 23, 2020 08:18am]

देशको अार्थिक स्थित माथि चिन्तन नगरि रिपोर्टिङ वा लेख लेख्नु भनेको पत्रकारितामा परिपक्वता नहुनु हो।


प्रतिक्रिया दिनुहोस्