ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुख्यमन्त्री गुरुङसहित १४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

२०७७ जेठ, १०  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सात जना मन्त्रीको कोरोना परिक्षणको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

गण्डकी प्रदेशसभाको बैठकको पुर्वसन्ध्यामा सम्भावित कोरोना संक्रमणको अवस्था जान्नका लागि मंगलवार मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब संकलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

त्यसैगरी बुधवार सभामुख नेत्रनाथ अधिकारी, उप–सभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव सहित ११२ र शुक्रवार थप ४७ जनाको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।

प्रदेशमा हालसम्म १ हजार ५२० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । तत्कालै परीक्षणको दायरा बढाएर ३ देखि ४ हजारसम्म पुर्‍याउने योजना बनाएको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने नवलपरासी पुर्वका एक जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी लमजुङका एक तीन वर्षीय बालकको काठमाडौंमा उपचार भइरहेको छ ।

 जेठ ११ गतेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्दै छ ।

साविकको प्रदेश सभा भवन साँघुरो भएका करण सामाजिक दूरी कामय गर्नका लागि सभागृहमा बैठक बस्ने निर्णय गरिएपछि हाल सभागृहको मर्मत, रङगरोगन र सभा हलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेश सभा सचिवालयले  बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्