ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिमा निगरानी गर्न झुलाघाटमा पहिलो पटक ‘बीओपी’ स्थापना       

२०७७ जेठ, १०  
सुदूरपश्चिम प्रदेश
Image Not Found

जेठ १०, बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बीओपीको शनिवार उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए ।     
 

सीमा निगरानी, राजस्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ । आफ्नो भवन नहुँदा बीओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए ।

हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने छ । बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बीओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बीओपीमा रुपान्तरण गरिने छ ।

पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले बताएको छ । बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने छ ।     
     
अब सीमा सुरक्षाका लागि सजिलो हुने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ ।

सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बीओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पुर्‍याउने तयारी भइरहेको छ ।     
     
नेपालतर्फको सीमानाकामा भारतको ५३० ओटा बीओपी रहेको छ । नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्