ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका ३२ जना प्रहरीको स्वाब संकलन

२०७७ जेठ, १०  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीमा थुनामा रहेको थुनुवामा कोरोना पोजिटिभ देखिएपछि सम्पर्कमा आएका ३२ जना प्रहरीको पनि स्वाब संकलन गरिएको छ । ती प्रहरीको कोरोना परीक्षणको लागि कैलालीमा रहेको प्रयोगशालामा पठाइएको छ । 

‘थुनुवाको प्रत्यक्ष सम्पर्कमा आएका प्रहरीको स्वाब संकलन गरेका छौं, परिणाम कस्तो आउँछ, त्यसै अनुरुप परीक्षणको प्रक्रिया अगाडी वढाउँछौं’, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले वताए ।

 ‘स्वाब संकलन गरि धनगढी पठाइसकेका छौं’, उनले भने ।  थुनुवाको घर परिवारका व्यक्तिको स्वास्थ्य परीक्षणको लागि पनि स्वास्थ्यकर्मीको टोली पठाएको स्वास्थ्य कार्यालय बैतडीले वताएको छ ।
जिल्ला प्रहरी कार्यालयमा ४६ जना प्रहरी कार्यरत छन् । संक्रमितलाई जिल्ला अस्पताल बैतडीको आईसोलेशनमा राखिएको छ ।

अहिले उनीहरुको अवस्था समान्य रहेको अस्पतालले बताएको छ । भारतको विभिन्न सहरबाट घर आउनेको संख्या दिन प्रतिदिन बढिरहेकाले अहिले बैतडीका विभिन्न स्थानीय तहका बासिन्दामा कोरानाको त्रास बढिरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्