ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योगीले दिए कोशी अस्पताललाई १०० थान पीपीई

२०७७ जेठ, १०  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा कोशी अस्पताललाई १०० थान पीपीई सेट प्रदान गरेको छ ।

कोशी अञ्चल अस्पतालले छुटै कोरोना अस्पताल चलाउँदै आएको छ, जहाँ प्रदेश नम्बर १ का कोरोना संक्रमितको उपचार भइरहेको छ । 

दैनिक रुपमा संक्रमितहरुको संख्यामा वृद्धि भइरहेकोमा तिनको प्रत्यक्ष निगरानी, परीक्षण र उपचारमा खटिएका कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै मोरंङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको संयुक्त टोलीले पीपीई सेट कोशी अस्पतालकी मेडिकल सपरिटेन्डेन्ट डा संगीता मिश्रालाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरणपछि अध्यक्ष मुन्दडाले कोभिड १९ रोगबाट संक्रमित रोगीहरुको रेखदेख एवं स्वास्थोपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुलाई केहि हद सम्म भएपनि स्वास्थ्य सुरक्षाको प्रत्याभूति होस् भन्ने अभिप्रायले उक्त स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराइएको बताए । 

संघ र संगठनका अध्यक्षद्वयबाट हस्तान्तरित ती सामग्री बुझ्दै कोशी अञ्चल अस्पतालकी डा मिश्राले वर्तमान जटिल परिस्थितिमा स्वास्थकर्मीहरुको जीवन रक्षार्थ अत्यावश्कीय स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई मानवीय धर्म निर्वाह  गरेकोमा संघ र संगठनका अध्यक्षप्रति आभार प्रकट गरिन् । साथै उनले आगामी दिनमा पनि संघ र संगठनबाट निरन्तर साथ र सहयोगको अपेक्षा लिएको बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्