ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

२०७७ जेठ, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, काठमाडौं । शनिवार थप ३६ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिवार पुष्टि भएका मध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकाका रहेका छन् ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि  उक्त मन्त्रालयले गरेको छ । हालसम्म देशका विभिन्न भागमा रहेको क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा ५०८ जना रहेका छन् । योसँगै नेपालका संक्रमितको संख्या  ५८४ पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्