ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘विश्व अर्थतन्त्र १० वर्ष मन्दीमा रहन्छ’ 

२०७७ जेठ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १०, वाशिङटन डीसी (अमेरिका) । कोरोना भाइरसको महामारीको असर विश्व अर्थतन्त्रमा लामो समयसम्म देखिने बताइएको छ । अर्थशास्त्री नुरियल रुबिनिले यस्तो चेतावनी दिएका हुन् । 

उनका अनुसार महामारीको असरले विश्व अर्थतन्त्र १० वर्षसम्म मन्दीमा रहने र पुर्नबहाली पनि सुस्त रहने छ । रुबिनी डा. डूमका नामले पनि चिनिन्छन् । महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने उनको भनाइ छ । 

यस वर्ष विश्व अर्थतन्त्र कोरोना भाइरसको प्रभावबाट उब्रिएपनि असर भने लामो समय देखिनेछ । अर्थतन्त्रमा अभूतपूर्व आर्थिक मन्दी आउने चेतावनी उनले दिएका छन् । 

रुबिनीले सन् २००८ मा विश्वव्यापी वित्तीय संकट आउने चेतावनी सबैभन्दा पहिला दिएका थिए । ‘विश्वव्यापी वित्तीय संकटका बेलामा उत्पादन तीव्र दरमा घट्न करीब तीन वर्ष लागेको थियो ।’ बीबीसीको टकिङ एशिया कार्यक्रमा उनले भने । 

‘तर यो पटक तीन वर्ष लागेन, तीन महीना पनि लागेन । तीन हप्तामै सबै क्षेत्र ध्वस्त भयो ।’ उनले भनेका छन् । यस पटक आर्थिक पुनःबर्हाली यूका आकारको हुने बताइएको छ । यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि मात्रै माथि उक्लिन्छ । 

यस पटकको पुनःबर्हाली एल आकारको पनि हुन सक्ने बताइएको छ । यसको अर्थ चाँहि आर्थिक वृद्धिदर लामो समयसम्म शून्यको नजिक रहन्छ भन्ने हो । धनी र गरीब सबै देशहरूमा कोरोना भाइरसका कारण गुमेको रोजगारीका कारण यस्तो हुने उनको भनाइ छ । 

गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्किने र फर्किए पनि कम तलब र आंशिक रोजगारीका रूपमा विस्तारै आउँने बताइएको छ । रोजगारी असुरक्षा हुनेछ र औसत मानिसका लागि आम्दानी र ज्याला अझै कम हुने बताइएको छ । 

पसल र व्यवसाय खुले पनि व्यापार पहिलाकै स्तरमा आउनेछैनन् । चीनमा अधिकांश पसलहरू अझै खाली छन् । आधा उडान बन्द छ । अन्यत्र पनि पसल खुले पनि मानिसहरु किनमेल गर्न नजान सक्ने उनले औंल्याएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्