ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भुटानलाई विश्व बैंकको साढे १ करोड डलर सहयोग

२०७७ जेठ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १०, थिम्पु (भुटान) । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भुटानलाई करीब डेढ करोड डलर कर्जा सहयोग गरेको छ । जलवायु परिवर्तन र विपद् जोखिम व्यस्थापनका लागि बैंकले सो सहयोग उपलब्ध गराएको हो । 

रोगको महामारी लगायत विपद् व्यवस्थापनका लागि बृहत सुधार कार्यक्रम लागू गर्न मद्दत गर्न हालै भुटान सरकार र विश्व बैंकबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार यसका लागि बैंकले भुटानलाई १ करोड ४८ लाख डलर सहयोग गर्नेछ । यस सुधार कार्यक्रममा २ ओटा पक्ष छन् । पहिलो पक्ष वातावरण निर्माणमा जलवायु र विपद् व्यवस्थापनसम्बन्धी लचकतालाई समायोजन गर्ने र दोस्रो पक्ष आपतकालीन तयारी र प्रतिक्रियामा भुटानको संस्थागत र प्राविधिक क्षमता बलियो बनाउनेमा केन्द्रीत छ । 

बैंकको पछिल्लो कार्यक्रमले सार्वजनिक जनस्वास्थ्य आपतकाल लगायत प्राकृति विपद् विरुद्धको लडाईमा सरकारलाई सहयोग गर्न आकस्मिक वित्त उपलब्ध गराउनेछ । यस अन्तर्गत कर्जा आगामी तीन वर्षभित्र आशिंक वा पूर्ण रुपमा उपलब्ध गराइनेछ । कर्जाको अवधि अतिरिक्त ३ वर्ष बढाउन सकिनेछ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्