ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भेनेजुएलाले हाल्यो बैंक अफ इंगल्याण्डमाथि मुद्दा

२०७७ जेठ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १०, कारकास (भेनेजुएला) । भेनेजुएलाले बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्याण्ड’ (बीओई) विरुद्ध मुद्दा दायर गरेको छ । 

बैंकमा थुपारेर राखेको सुन फिर्ता दिन अस्वीकार गरेको भन्दै बीओईसँग ९३ करोड यूरो माग्दै निकोलस मदुरो नेतृत्वको सरकारले मुद्दा दायर गरेको हो । भेनेजुएली केन्द्रीय बैंक (बीसीभी)सँग भएको सुन भेनेजुएलाले दशकौंदेखि बीओईमा राख्दै आएको थियो । 

सन् २०१८ को अन्त्यतिर सुन निकाल्न खोजेको भएपनि बीओईले दिन मानेन । बेलायत समेत विश्वका अन्य ६० देशहरुले मदुरो नेतृत्वको सरकारलाई अवैद्य मानेका छन् । 

सञ्चित सुन बेचेर आउने रकम संयुक्त राष्ट्र संघको विकास कार्यक्रम (यूएनडीपी)मा जाने र यसलाई कोरोना भाइरसको महमारी विरुद्ध लड्न आवश्यक स्वास्थ्य हेरचाह उपकरण र औषधि किन्न प्रयोग गरिने बीसीभीले बताएको छ । 

बीओईमा भएको सुनको मूल्य बापत ९३ करोड यूरो स्थानान्तरण गर्नु पर्ने माग लन्डनको उच्च अदालतमा दायर मुद्दामा बीसीभीले गरेको छ ।

बीओईले अस्वीकार गर्न पर्याप्त आधार नभएको दाबी समेत मुद्दामा गरिएको छ । बीओईको व्यवहार गलत भएको र बैंकको व्यवहारले राष्ट्रिय र विश्वव्यापी आपतकालको बेलामा आफैले जम्मा गरेको सुन लिनबाट बीसीभी बञ्चित भएको मुद्दामा उल्लेख छ । 

बीओईले भने आफूले व्यक्तिगत ग्राहकको सम्बन्धबारे कुनै प्रतिक्रिया दिने नगरेको बताएको छ । बीओईसँग करीब ४ लाख गोल्ड बार निक्षेप छ । यसको मूल्य करीब २ खर्ब पाउन्ड बराबर रहेको छ । बीओईसँग भएको सुन निक्षेप न्यूयोर्क फेडरल रिजर्भपछि विश्वमै दोस्रो धेरै हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्