ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश नं १ मा ४० हजारभन्दा बढीको पीसीआर परीक्षण गरिने

२०७७ जेठ, १०  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १०, विराटनगर । प्रदेश नं १ मा ४० हजारभन्दा बढी नागरिकको पीसीआर परीक्षण हुने भएको  छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रवार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड– १९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको हो ।
 

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक १ हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । 

स्विकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरणसमेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गिकरण गरिएको छ ।

उच्चजोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको शून्य दशमलव ५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालप्रदेश १ मा ४ हजार १०० जनाभन्न्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । 

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागिअहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पतालमा १००ा, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउमा २००, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३००, कृष्णदास आश्रम बराहश्रेत्रमा २०० र नेपाली सेना इटहरीमा ५० गरी थप  ५० बेड थपिने भएको छ । 

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्य योजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजनाअनुसार ईलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माणसमेत थालिएको छ ।

 होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यति बेला यी जिल्लाका १० ठाउँमा १ हजार १०३ ओटा बेड बनिसकेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्