ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकामा बेरोजगारी भत्ता खोज्नेको संख्या ४ करोड नजिक 

२०७७ जेठ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा बेरोजगारी भत्ता खोज्नेको संख्या करीब ४ करोड नजिक पुगेको छ । 

गत हप्ता थप २४ लाख अमेरिकीले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन् । लकडाउनमा गरिएको कडाई खुकुलो बनाएपछि अर्थतन्त्र पुन : सुचारु हुने आशा गरिएको भएपनि बेरोजगारी भने बढिरहेको छ । 

योसँगै मध्य मार्चयता भत्ता दाबी गर्नेको संख्या ३ करोड ८६ लाखमा आएको छ । यो अमेरिकी कार्यबलको करीब एक चौथाई हो । मार्चको अन्त्यमा भत्ता दाबी गर्नेको साप्ताहिक संख्या ६९ लाखसम्म पुगेर घटेको भएपनि संख्या निरन्तर बढिरहेको छ । 

लकडाउनले निरन्तरता पाइरहे अर्थतन्त्रमा स्थायी क्षतिको जोखिम रहेको यसै हप्ता अमेरिकी अर्थमन्त्री स्टिभन मनुशिनले चेतावनी दिएका थिए । अमेरिकामा ५० ओटै राज्यमा आर्थिक गतिविधि विस्तारै शुरु हुन थालेका छन् ।
 

तर लकडाउन खुकुलो बनाउँदैमा आर्थिक गतिविधि सुधारु हुन्छ भन्ने चाहीं स्पष्ट छैन । गत महीना २ करोड भन्दा धेरै अमेरिकी कर्मचारीको रोजगारी गुमेको थियो । योसँगै आधिकारिक बेरोजगारी दर १४ दशमलव ७ प्रतिशतमा पुगेको छ । 

फेब्रुअरीमा भने यो ५० वर्षकै न्यून बिन्दु साढे ३ प्रतिशत आसपास थियो । बेरोजगारी दर झनै खराब हुन सक्ने र कयौं वर्षसम्म यो उच्चस्तरमै रहने चेतावनी अर्थशास्त्रीहरुले दिएका छन् । महामारीका कारण अहिले बेरोजगार भएका अमेरिकीहरुले आफ्नो कटौती अस्थायी भएको विश्वास गरेका छन् ।

महामारीका कारण कटौती भएको ४० प्रतिशतभन्दा धेरै रोजगारी स्थायी हुन सक्ने हालै भएको सर्वेक्षणले देखाएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्