ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘सामाजिक दुरी कामय गरिएको भए ३६ हजार अमेरिकी बच्थे’ 

२०७७ जेठ, १०  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ १०, वाशिङ्टन डीसी (अमरिका) । अमेरिकाले समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए कोरोना भाइरसको संक्रमणबाट कम्तीमा ३६ हजार मानिस बाँच्न सक्ने देखिएको छ ।

अमेरिकाले मार्च १५ पछि मात्रै सामाजिक दुरी कायम गर्ने नीति अपनाएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए त्यहाँ कम्तीमा ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले गरेको अनुसन्धानमा पाइएको छ । 

अमेरिकामा मार्चको पहिलो र दोस्रो हप्तामा धेरैमा कोभिड–१९ देखियो ।  त्यति नै बेला लकडाउन या अरु नै केही नीति ल्याएर मानिसहरुबीच सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कम हुने अनुसन्धानले देखाएको छ । 

अमेरिकामा संक्रमितको संख्या १५ लाख ७७ हजारमाथि पुगेको छ । मर्नेको संख्या पनि ९४ हजार ७०० भन्दा बढी छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्