ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बीओके सीईओमा अजय श्रेष्ठ

२०७७ जेठ, ११  
१० वर्ष अघि
NA

लामो समयदेखि रिक्त भएको बैंक अफ काठमाण्डू (बीओके) को प्रमुख कार्यकारी अधिकृतमा अजय श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एनएमबी बैंकमा महाप्रबन्धक भएर जानुअघि बीओकेमा चिफ बिजनेस अफिसरका रूपमा कार्यरत थिए । बैंकले पन्जाब नेसनल बैंकमा कार्यरत एमएस दवासलाई कार्यकारी प्रमुख बनाएर ल्याउन राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको थियो । तर भारतीय गृह मन्त्रालयबाट उनले समयमा क्लियरेन्स नपाएका र उनलाई धेरै कुर्न सम्भव नदेखिएकाले नेपालीलाई नै कार्यकारी प्रमुख बनाइएको बैंक स्रोतले बतायो । त्यस्तै, निमित्त कार्यकारी प्रमुख सविराज श्रेष्ठलाई प्रमुख बन्ने प्रस्ताव गरेकामा उनले चिफ बिजनेस अफिसरका रूपमा कार्यरत रहने इच्छा व्यक्त गरेका कारण पनि बाहिरबाट प्रमुख ल्याउनु परेको बीओकेका एक सञ्चालकले अभियानलाई बताए । यता सविनराज श्रेष्ठ फेरि विश्व बैंकमै फर्कने हल्ला चलेकोमा उनले त्यसमा सत्यता नरहेको र अहिले बीओके छोड्ने सोच नरहेको बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्