ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ इन्स्योरेन्सको सिल गरिएको शाखा पुनः चालु

२०७७ जेठ, ११  
बजार
Image Not Found

काठमाडौं (अस) । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको मलादीस्थिति शाखा कार्यालय आइतवार (आज) देखि पुनः सञ्चालनमा आउने भएको छ । शाखाका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै केही दिनअघि उक्त शाखालाई सरकारले सिल गरेको थियो ।

संक्रमितको सम्पर्कमा रहेका कर्मचारीको पीसीआर प्रविधिबाट गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मापदण्ड पूरा गरी कार्यालय सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । कार्यालयलाई स्यानिटाईज र डिसइन्फेक्सन गरी सञ्चालनमा ल्याइएको कार्यालयबाट पूर्ववतः अवस्थामै सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ । संक्रमित कर्मचारीको सामान्य अवस्थामा उपचार भइरहेको पनि कम्पनीले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्