ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योगीले दिए कोशी अस्पताललाई १०० थान पीपीई

२०७७ जेठ, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा कोशी अस्पताललाई १०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेका छन् । छुट्टै कोरोना अस्पताल सञ्चालन गर्दै आएको कोशी अञ्चल अस्पताललाई पीपीई प्रदान गरिएको बताइएको छ ।

दैनिक रूपमा संक्रमितको संख्या बृद्धि भईरहेकोमा तिनको प्रत्यक्ष निगरानी, परीक्षण र उपचारमा खटिएका अस्पतालका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको संयुक्त टोलीले कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रालाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि अध्यक्ष मुन्दडाले कोभिड–१९ रोगबाट संक्रमितको रेखदेख एवं स्वास्थोपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति होस् भन्ने अभिप्रायले उक्त स्वास्थ्य सुरक्षा सामाग्रीहरू उपलब्ध गराइएको बताए ।

संघ र संगठनका अध्यक्षद्वयबाट प्रदान गरिएको सामग्री बुझ्दै डा. संगीता मिश्राले वर्तमान जटिल परिस्थितिमा स्वास्थकर्मीको जीवन रक्षार्थ अत्यावश्कीय स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराई मानवीय धर्म निर्वाह गरेको भन्दै संघ र संगठनको प्रशंसा गरिन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्