ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबिको इन्टरनेट बैंकिङ थप परिष्कृत

२०७७ जेठ, ११  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनएमबि बैंकले आफ्नो इन्टरनेट बैंकिङलाई थप परिस्कृत बनाएको बताएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीले सृजना गरेको समस्यालाई दृष्टिगत गर्दै बैंकले आफ्नो कर्पोरेट इन्टरनेट बैंकिङलाई थप परिमार्जन गरेको हो ।

सन् २०१६ बाटै शुरू भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ सुविधालाई वर्तमान परिस्थितिअनुसार परिष्कृत गरी नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको बैंकको भनाइ छ । सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्दै बैंकले ग्राहकको अनुभव अभिवृद्घि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरू निरन्तर पस्किने प्रतिबद्धता पनि व्यक्त गरेको छ । बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट ग्राहकले आप्mनो खाताको विवरण हेर्न, सब्स्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सक्ने छन् । यसले बैंकसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गराई निश्चित समयमै तलव पोष्टिङ, अन्य बैंकको खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङलगायत व्यवसायिक सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्