ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सफल मिडिया हाउसका सवै कर्मचारीको कोरोना बीमा

२०७७ जेठ, ११  
बजार
NA


काठमाडौं (अस) । सफल मिडिया हाउस प्रालि र सफल बिज लिंक पोखराले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गरेको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी बीमा गरेको बताइएको छ ।

सफलले एक वर्षका लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत प्रति कर्मचारी रू. १ लाख बराबरको कोरोना बीमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाईंले बताए । यससँगै बिमित कर्मचारीको पीसीआर प्रविधिबाट गरिने कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ देखिए बिमांक बराबरको रकम तत्काल पाउनेछन् ।
पोखरामा प्रधान कार्यालय रहेको सफलले राष्ट्रिय तथा स्थानीय प्रकाशन÷प्रशारण संस्थामा विज्ञापन प्रकाशन÷प्रशारणका साथै मिडियासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्