ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रेडक्रसले छर्कियो सार्वजनिक स्थलमा संक्रमणरोधी औषधि

२०७७ जेठ, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

धनकुटा । धनकुटामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल रेडक्रम सोसाइटीले सार्वजनिक स्थलमा संक्रमणरोधी औषधि छर्किएको छ । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवारसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि धनकुटा अस्पताल क्षेत्रमा औषधि छर्किएको रेडक्रले बताएको छ ।

बजार क्षेत्रमा विषाणुहरू नष्ट गर्न मेडिकल ल्याबमा प्रयोग हुने सोडियम हाइपो क्लोरेटुमा पानी मिसाएर छर्केको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले बताए । उनका अनुसार जिल्लाको परिचयमोड, हुलाक टोल, चुवाको बोट, मदन चोक, सब्जीलाइन र त्रिवेणी चोकमा संक्रमणरोधी झोल छर्किको हो ।

यो अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिइने सभापति राईको भनाइ छ । प्रति १० लिटर पानीमा १६० ग्राम क्लोरिन घोलेर दमकलबाट औषधि छर्किएको हो । यसरी औषधि छर्कंदा लामखुट्टे र झिंगा मर्ने तथा संक्रमण फैलने जोखिम कम हुने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्