ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश अस्पताललाई रू. ७० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ जेठ, ११  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । कुमारी ट्रष्टका अध्यक्ष एवं जाजरकोटका संविधानसभा सदस्य राजीवविक्रम शाहले कर्णाली प्रदेश अस्पताललाई रू. ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तर गरेका छन् । शुक्रवार उक्त सामग्री कर्णाली प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण पश्चात कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अप्ठ्यारोमा गरिएको सहयोग निक्कै महत्वपूर्ण रहेको बताए । कोरोना भाइरसको महामारीले आक्रान्त भइरहेको बेला अस्पताललाई शाहले गरेको सहयोग उदाहरणीय भएको बताउँदै मुख्यमन्त्री शाहीले अहिले संकटको समय भएकोले कसैलाई आरोप, गाली वा आलोचना गर्नु भन्दा सबै एक भएर कोरोनाविरुद्ध लड्न आवश्यक रहेको बताए ।

शाहले कर्णालीमा अहिलेको अवस्थामा ७५ देखि १०० बेडसम्मका आइसीयू निर्माणको आवश्यकता रहेको बताए । रोगले कसैलाई ठूलो र कसैलाई सानो नभन्ने भएका कारण सबैले सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ छ ।

शाहले सो अवसरमा प्रहरी, पत्रकार तथा स्वास्थ्यकर्मीहरूका लागि मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरू समेत हस्तान्तरण गरेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्