ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राजदूत शाक्यलाई ‘एम्बेस्डर अफ इयर’ सम्मान

२०७७ जेठ, ११  
समाचार
NA

काठमाडौं (अस) । एम्बेसेडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिबस्थित नेपाली राजदुत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९–२०२० सम्मान गरेको छ । इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई वर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरेको हो ।

एम्बेसेडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनीतिक नियोगमध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले उनलाई सम्मान गरिएको हो । सो सम्मानका क्रममा अन्य ३ बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एशियाकै पहिलो राजदुत हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्